धरानमा वडाध्यक्षको पनि भागबण्डा, वडामा एउटै चुनाव चिह्नबाट लड्ने सहमति
धरान । सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिकामा वडा तहसम्म भागबण्डा मिलाएका छन् । शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरेलगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन् ।
माओवादी केन्द्रका नेता आइन्द्रबिक्रम बेघाका अनुसार धरानमा कांग्रेसले मेयरसहित १, २, ५, ६,७, ८, ९, ११, १२, १३, १४, १६ र १८ गरी १३ वटा वडाको वडाअध्यक्ष पाएको छ ।
यस्तै माओवादी केन्द्रले उपमेयरसहित चारवटा वडा ३, १५, १७ र २० को वडाअध्यक्ष पाएको छ भने जसपाको भागमा १० र १९ वडा अध्यक्ष र एकीकृत समाजवादीको भागमा वडा नम्बर ४ को वडाध्यक्ष परेको छ ।
मेयर उपमेयरले भने आ(आफ्नो पार्टीको चुनावबाट लड्नेछन् भने वडामा सबै दलका उम्मेदवारले एउटै चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् । धरानमा वडा अध्यक्षको टिकट लिनेले सदस्य अरु पार्टीलाई छोड्नु पर्नेछ ।
२०७४ को निर्वाचनमा धरानमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले १ र कांग्रेसले पाँच वटा वडा जितेको थियो । मेयर तारा सुब्बाको निधनपछि उपनिर्वाचनमा धरानमा काङ्ग्रेसबाटउम्मेदवार बनेका तिलक राईले मेयर जितेका थिए ।
प्रतिकृया दिनुहोस