फलोअफ : सुकौराबेसी महिला सामुदायीक वनमा भएको अनियमितता छानबिन प्रकियामा ढिलाई

घटनाबारे सोध्दा उपाध्यक्ष बुदे सुर्खेतीले उल्टै दिए पत्रकारलाई धम्की

Budaaa news

काठमाडौं । सुकौराबेसी महिला सामुदायिक वनमा भएको अनियमितमाबारेको छानबिन प्रक्रियामा ढिलासुस्ति भएको छ । २०७८ फागुन २६ गते वनमा भएको अनियमितताबारे छानबिनका लागि निवेदन दिएको थियो ।

करिब दुई महिना हुन लाग्दा समेत तस्कर गरेको रुख जपत गर्न नसक्नु तथा सत्यतथ्य बाहिर आउन नसक्दा डिभिजन वन कार्यालय धादिङ्ग, नीलकण्ठ सव डिभिजन तथा आरोपितहरुले संयुक्त रुपमा घटनालाई ढाकछोप गर्न लागेको आरोप लागेको छ ।

२०७८ चैत २८ गते वन डिभिजन कार्यालय धादिङ्गलाई बोधार्थ गर्दै नीलकण्ठ सव डिभिजन वन कार्यालयले सुकौराबेसी महिला सामुदायिक वन उपभोक्ता समुहलाई बिभिन्न प्रश्न गर्दै यथार्थ कागजात उपलब्धका लागि पत्र लेखेको थियो । जहाँ आरोपिहरु नै उपभोक्ता समितिमा रहेका छन् । नीलकण्ठ सव डिभिजन कार्यालयले सात दिनको समय दिदा समेत उपभोक्ता समितिले यथार्थ कागजात पत्रहरु दिन सकेको छैन ।

समयमा नै कागजात नआएकोबारे सव डिभिजन कार्यालयका इन्चार्ज प्रदिप नाथ शर्मालाई निशान न्यजले प्रश्न गर्दा पत्रकारलाई प्रतिप्रश्न तेर्साए । ‘हामी अन्य काममा लागेका छौ, उपभोक्ता समितिमा काम गर्दै हुनहुुन्छ होला, दुई तिन दिनमा नै आवश्यक कागजात आइपुग्ला, पहिलो चरणमा वनमा गरिएको निरिक्षणबारे प्रतिवेदन डिभिजन वन कार्यालयमा बुझाइसक्यौ, अब डिभिजन वन कार्यालयबाट जे निर्देशन आउछ, त्यहीँ अनुसार काम गर्छौ, अन्य बिषय बुझ्न डिभिजन वन कार्यालयतर्फ जानुहोस् ।’

डिभिजन वन कार्यालयमा बुझ्दा सब डिभिजन कार्यालयले उपभोक्ता समितिलाई पत्र लेखेको छ, समितिबाट आवश्यक यथार्थ कागजात आएपछि मात्र अन्य प्रक्रियामा जाने बताए । दुई कार्यालयको भनाई सुन्दा एकले अर्को कार्यालय जवाफदेहिता हो भन्दै पन्छिएकाे देखिन्छ ।

उपभोक्ता समितिका उपाध्याक्ष तथा आरोपित बुदे सुर्खेतीसँग घटनाबारे बुझ्दा निशान न्युज डटकमका पत्रकार गणेश विकलाई नै धम्कीपुर्ण भाषामा फोन नगर्न भन्दै फोन काटे । ‘मलाई केहि थाहा छैन, मेरो पछि किन लाग्नुहुन्छ, सब डिभिजन कार्यालयबाट कुनै पत्र आएको छैन, म किन सव डिभिजन कार्यालय जानु, आइन्दा फोन नगर्नुहोला अन्यथा राम्रो हुने छैन ।’ उक्त अडियो निशान न्युजसंग सुरक्षित छ, सुर्खेतीमाथि उपभोक्ता समितिमा उठेको रकम हिनामिना तथा उपभोक्ता समितिको सहमतिबिना कोषमा रहेको रकम सडक विस्तारमा प्रयोग गरेको पनि आरोप छ ।

नेपालका वनजङ्गलको राष्ट्रिय र सामुदायिक रूपमा संरक्षण तथा संवद्र्धन गरिँदै आएको छ । प्राणीजगत्सँग अन्योन्याश्रित सम्बन्ध रहने वनजङ्गलले प्राणीसँग अक्सिजन र कार्बनडाइअक्साइड साटासाट गरी आपसी अस्तित्व बचाएका हुन्छन् । आज वनजङ्गललाई मानवले आफ्नै समुदायभित्रको सदस्यका रूपमा लिएका छन् । तर हाम्रो देशमा भएको जङ्गलको अवस्था भने चिन्ताजनक छ ।

बाहिरबाट जङ्गल देखिए पनि भित्रभित्रै फडानी गरी मैदान बनाइएका छन् । ठूला र राम्रा जातका रूखहरू कमै देखिन्छन् । झाडीमा पोथ्रा र घाँसेमैदान मात्र बाँकी राखिएको छ । हिजो उभिएको रूख आज देखिँदैन, आज देखिएको भोलि रहँदैन । कर्मचारी र माफियाको चङ्गुलमा फसेको छ । सरकारी कर्मचारीले तस्करलाई संरक्षण दिएका छन् । हिजो भन्दै आएको ‘नेपालको धन हरियो वन’ आज आएर ‘वनको धन गन्दै नगन’ को स्थितिमा पुगेको छ ।

स्थानिय बासीलाई न्याय नपाउने हो कि भनेर चिन्ता बढ्न थालेको छ । ‘सानै उमेरमा विरुवा रोपेर हुकाएको वन आज तस्करी हुँदा मुखदर्शक झै भएका छौ । आफुले जन्माएर हुर्काएको सन्तान जति आफुलाई माया लाग्छ, त्यति नै कष्ट गरेर हुर्काएको रुख एक व्यक्तिको इसारामा काटिदा चिन्ता थपिएको छ ।

न्यायको निम्ति सरकारी कार्यालय घच्घच्याउदा समेत तस्करीलाई पक्राउ गर्न सकेको छैन । काठलाई जफत गर्न सकेको छैन । सुरुबाटै निवेदन दिन जादा समेत निवेदकको नाम नै सार्वजनिक गरिएको थियो । त्यसवेला देखि नै सरकारी कार्यालयले घटनालाई ढाकछोप गर्न लागेको आसङ्का थियो ।’ स्थानिय बताउँछन ।

बन डिभिजन कार्यालय यथासक्य सत्यतत्य सार्वजनिक नगरे क्षेत्रिय वन डिभिजन कार्यालय समेत जाने एक स्थानियले निशान न्युजसँग कुरा गर्दै यस्ताे बताएकाे छ ।

थप फलोअफ समाचारहरु :

१ . सुकौरावेशी महिला सामुदायिक वनमा दुई रुख काटिएको सव डिभिजन वन कार्यालयको दाबी

२ .सुकौराबेसि महिला सामुदायिक वन धादिङ्गमा व्यापक अनियमितता, उपाध्यक्ष सुर्खेतीकाे संगलनता

निशान न्युज डटकम निरन्तर फलोअफमा छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...