दररेट नबढाए विकास निर्माणका काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

Nirman byabasayo gyapan dkt

धनकुटा । धनकुटाका निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रमा दररेट संशोधन नगरे विकास निर्माणका कामहरु ठप्प पार्ने चेतावनी दिएका छन् ।

आज धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापन पत्र बुझाउँदै इन्धनको मुल्य वृद्धि हुँदा निर्माण सामाग्री ढुवानीमा समस्या भएकाले हाल कायम रहेका दररेटमा संशोधन गर्न माग गरेका छन् । उनीहरुले कि मुल्य वृद्धि रोक्नुपर्ने कि जिल्लामा कायम निर्माण क्षेत्रमा रहेको दररेट संशोधन गर्नुपर्ने माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ धनकुटाका अध्यक्ष अर्जुन केसीको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले पछिल्लो समयमा अप्रत्यासित रुपमा मुल्य वृद्धि भइरहेकाले पुरानो दररेटमा विकास निर्माण कामहरु गर्न नसकिने अवगत गराएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समयमा धनकुटामा विकास निर्माणका कामहरु तीव्र रुपमा भइरहेको छ । तर, पेट्रोयियम पदार्थमा भएको मुल्यवृद्धिका कारण व्यवसायीले काम गर्न नसकिने बताउँदै आएका छन् ।

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका कारण नदीजन्य पदार्थहरु ढुंगा, गिटी, बालुवा तथा फलामजन्य आइरन, छड, पाता लगायतका निर्माण सामाग्री ढुवानीमा महंगो पर्न थालेकाले धनकुटामा विकास निर्माणका कामहरु गर्न कठिनाई भएको महासंघका धनकुटा महासचिव मनोज राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...