नेपाल वायुसेवा निगमको रियाद उडान तालिका सार्वजनिक

Nepal air qu

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाख ९ गते देखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो ।

रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ ।

‘निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौँ । निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौँ। हाम्रो यात्रा जारी छ‘, विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...