वैवाहिक समारोहमा नाचगान गर्दा करेन्ट लागेर १ जनाको मृत्यु, ७ जना घाइते

Current logo

रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते उनको उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा भर्ना गरेकोमा त्यही मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते हुनेमा दुर्गा भगवती गाउँपालिका–१ पिपरा निवासी ३५ वर्षीया सिता देवी राउत, वडा नम्बर २ निवासी ३५ वर्षीया अनिता देवी राउत, वडा नम्बर ३ निवासी ६५ वर्षीया मन्तोरिया देवी, वडा नम्बर ४ निवासी ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, वडा नम्बर ७ निवासी ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...