साउदीमा २ सयभन्दा बढी नेपाली उद्धारको पर्खाइमा

Saudi nepali alpatra

काठमाडौं । साउदीमा अलपत्र २ सय भन्दा बढी नेपाली अलपत्र परेका छन् । विभिन्न समयमा साउदी अरब पुगेका पीडितहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

काठमाडौँको सिनामंगलस्थित ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत विगत दुई महिनाअघि गएका १ सय ३० नेपाली युवा उद्धारको पर्खाइमा रहेको र आफूसहित ५ जनालाई जेद्धामा छन् ।

ब्लु ग्यालेक्सीका सञ्चालक हिमहरी अर्याल उनीहरूको समस्या समाधान गर्नको लागि साउदी पुगेको भए पनि अहिलेसम्म कुनै पहल नगरेको गुनासो गरे । म्यानपावरका सञ्चालकले जेद्धा आउने भनेको तर सम्पर्क गर्दा फोन नउठाउने गरेको उनले सुनाए । भोक भोकै अर्काको कोठामा शरण लिएको पनि जनाए ।

काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका ४० भन्दा बढी नेपाली युवा पनि उद्धारको पर्खाइमा छन् ।

म्यानपावरलाई प्रति व्यक्ती १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले तीन महिनादेखि काम नदिएपछि कोठामै अलपत्र परेको पीडित हिरालाल स्याङ्तानले बताए ।

काठमाडौँको गैरीधारास्थित एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका अरू २९ जना भन्दा धेरै नेपाली युवा पनि म्यानपावर कम्पनीले भने अनुसारको काम दिलाउन नसक्दा अलपत्र परेका छन् ।

म्यानपावरले पटक/पटक काम दिलाई दिने भन्दै झुक्काउने गरेको उनीहरूको भनाइ छ । म्यानपावरका सञ्चालक नरेश गेलालले भने ठुलो सुपर मार्केटमा काम लगाउने तयारी भइरहेको र चाँडै समस्या समाधान हुने आश्वासन दिए । उनीहरूलाई काम लगाउनेबारे दूतावास र कम्पनीसँग समन्वय भइरहेको र रामदानका कारण केही ढिलाइ भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...