भिमेश्वरको मेयरमा माओवादीबाट सुन्दर केसी सर्वसम्मत सिफारिस
नेकपा माओवादी केन्द्रले दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुख उम्मेदवार घोषणा गरेको छ । नेकपा माओवादी केन्द्र भिमेश्वर नगर पालिकाको प्रमुख उम्मेदवारमा दोलखाको युवा नेता सुन्दर केसीलाई मेयर बनाउने सर्बसम्मत निर्णय गरेको छ।
अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष केसी जनयुद्धकालिन माओवादी नेता हुन्। कांग्रेससंग गठबन्धन भएको खण्डमा भने केसीलाई उप-मेयर बनाउने भद्र सहमति भएको बुझिन्छ ।
प्रतिकृया दिनुहोस