अमृताले ‘दाइ म मर्न चाहन्न, मलाई यहाँबाट निकाल्नुस्’ भनेको आधा घण्टामै ... !
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको माइतीघर गुल्मीको रुरुक्षेत्र गाउँपालका–५ बम्घा खैरेनीमा छ ।
उनले गुल्मीकै चालपालामा घर भएका प्रेम टण्डनसँग विवाह गरेकी थिइन् । प्रेम इन्जिनियर हुन् । अहिले उनीहरु तिलोत्तमामा घर बनाएर बस्न थालेका थिए । अमृताको घरबाट करिब ५ सय मिटरको दुरीमा माइती बस्छन् ।
नयाँ वर्षको अघिल्लो दिन साँझ ८ बजेतिर प्रेमले फोन गरेर घरमा बोलाएका थिए । अमृता र प्रेमको साढे ७ वर्षका छोरा छन् । अमृता र प्रेमबीच प्रायः झगडा भइरहन्थ्यो ।
झगडा हुने मिल्ने एक प्रकारको नियमितता जस्तै हुन्थ्यो। झगडा हुनासाथ नजिकै भएकाले अमृताका दाजु पुष्पकले थाहा पाउँथे र घर पुगिहाल्थे । यो क्रम भदौदेखि विस्तारै बढ्दै थियो । पुष्पकले बहिनी ज्वाइँको घर बनाउने बेला सहयोग समेत गरेका थिए । करिब पाँच दिनअघि अमृताले परिवारका सदस्यहरुले भारत जाने कुरा गरेको तर आफूलाई भारत जान नसक्ने भाउजू मुनालाई बताएकी थिइन् ।
नौ वर्षअघि प्रेम विवाह गरेकी अमृताले छोराको स्कुल फी समेत आफैँले तिर्थिन् । शारिरिक र मानसिक यातनाका असह्य भएपछि तिलोत्तमा वडा न. २ को वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन्। निवेदन दिएर मिलापत्र भएपछि श्रीमान आफ्नो बेइज्जत गरेको भन्दै ससुराली पक्षसँग रुष्ट थिए ।
नौ वर्षअघि प्रेम विवाह गरेकी अमृताले छोराको स्कुल फी समेत आफैँले तिर्थिन् । शारिरिक र मानसिक यातनाका असह्य भएपछि तिलोत्तमा वडा न. २ को वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन् । निवेदन दिएर मिलापत्र भएपछि श्रीमान आफ्नो बेइज्जत गरेको भन्दै ससुराली पक्षसँग रुष्ट थिए ।
अमृता र प्रेमको घर करिव ३ सय मिटर दुरीमा छ। ९ वर्षअघि १२ कक्षा पढ्दा पढ्दै अृमताले प्रेम विवाह गरेकी हुन् । टण्डन भएकाले सुरुमा नाता सम्बन्ध पर्छ की भनेर विवाह नगर्ने सुझाव समेत माइती पक्षले दिएका थिए । तर, पछि विवाह गर्न मिल्ने भएपछि विवाह भएको हो । प्रेम टण्डनको सपरिवार भारतमै रोजगारी गर्थ्यो । विवाहपछि अमृता पनि श्रीमान प्रेमसँगै पञ्जाब गइन्। करिब ४ वर्ष त्यहाँ बसेर नेपाल फर्किए ।
अमृताको माइती तिलोत्तमा २ जानकीनगर बरपिपल हो भने घर भेटनरी लाइन । विवाह भएको एक वर्षमै अमृताले छोरा जन्माइन् । छोरा अहिले ८ वर्षका छन् । सुरुका चार पाँच बर्षसम्म सम्बन्ध राम्रै थियो । पछि विस्तारै सामान्य खटपट हुन थाल्यो ।
भारतमा हुँदा अमृताले ब्युटीपार्लर सिकेकी थिइन् । नेपाल फर्केपछि त्यहाँको सर्टिफिकेट सासुले लुकाएर राखेर काम गर्न नदिएको गुनासो गरेकी थिइन् । ‘सामान्य विषयमा पनि वहिनीमाथी टर्चर हुन्थ्यो,’ भारत मुम्बई बस्ने जेठो दाजु विमल खत्रीले भने, ‘ज्वाईँसँग राम्रोसँग कुरा कहिल्यै हुन पाएन, सधै केही न केही समस्या हुन्थ्यो, अहिले यस्तो घटना भयो,’ विमलले भने । माइती पक्षका अनुसार अमाजू दीदीले समेत बेलाबेलामा तनाव दिन्थिन् ।
अमृताको त्यो एसएमएस
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् ।
यद्यपि अमृता खत्री टण्डनले मृत्यु हुनुभन्दा अघि आफूलाई उद्धार गर्न दाजुसँग सहयोग मागेको खुलेको छ । दाजु पुष्पक खत्रीलाई राति साढे ९ बजे फेसबुक म्यासेञ्जरमा कुरा गरेकी उनले लेखेकी छन्, ‘दाइ म मर्न चाहन्न, मलाई यहाँ (घर) बाट निकाल्नुस् ।’
नौ वर्षअघि प्रेम विवाह गरेकी अमृतालाई श्रीमानसँगै सासु र ससुरा समेतले सुरुदेखि नै हेला गर्ने र यातना दिने गरेको मृतकका दाजु पुष्पक बताउँछन् । विवाह भएको एक बर्षपछि प्रेम र अमृताको एक छोरा जन्मेको थियो । अमृताले केही महिनादेखि तिलोत्तमा नयाँ मिलस्थित फर्निचर उद्योगमा लेखापालको काम गर्दै आएकी थिइन् ।
त्यस्तो म्यासेज लेखेको आधा घण्टामै विष सेवनबाट उनको मृत्यु भएको खबर आएको माइती पक्षले बताएको छ । त्यो साँझ अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् । तीन पटकसम्म श्रीमान प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने धम्की दिएपछि घर गएकी अमृताकी आमा सावित्राले पत्रकारहरुसँग बताइन् ।
माइतबाट घर गएको करिव ४० मिनेट पछि राती ९ः१४ मा अमृताले म्यासेजमा लेखेकी थिइन्, ‘माइतीले भन्छन् घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो ? घर न घाटको अब त्यो चेली कहाँ जाने ?’
दाजु पुष्पकले उपलब्ध गराएको म्यासेजको स्क्रिन सटमा अमृताले लेखेकी छन्, ‘दाई म मर्न चाहन्न, म यहाँ बस्न नि सक्दिन, दाइ हजुरको बोझ नि हुन चाहन्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’ त्यसपछि पुष्पकले भोलि भाञ्जा लिएर आइज, कुरा गरौंला भनेका थिए । त्यसपछि उनीहरुको कुराकानी भएन ।
मृतक अमृताका दाजु पुष्पक खत्री बहिनी अमृतालाई ज्वाइँ प्रेम टण्डन लगायतका परिवारजनले हेला गर्दै आएको दाबी गर्छन् । गत मङ्सिर महिनामा पनि अमृता वडा कार्यालयमा उजुरी लिएर गएको उनको भनाइ छ ।
‘९ः३० सम्म बहिनीले बचाउन मलाई म्यासेज गरिन्, तर १०ः१५ मा बहिनी लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको भनेर खबर आयो,’ पुष्पक भावविह्वल हुँदै भन्छन्, ‘हामी पुग्दा बहिनीको मृत्यु भइसकेको थियो ।’
प्रतिकृया दिनुहोस