पूर्वराजा शाहद्धारा महँगी थपिँदा सर्वसाधारणको गुजारा कठिन भएकोमा चिन्ता

Gyanendra shah

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक परिवर्तनलाई अर्थहीन भन्दै रुपान्तरण वा परिवर्तनको प्रक्रियाले जनता शान्त र सन्तुष्ट नभएको उल्लेख गरेका छन् ।

नव वर्ष २०७९ का उपलक्ष्यमा देशबासीका नाममा जारी शुभकामना सन्देशमा पूर्वराजा शाहले नेपाल त्रिपक्षीय महाशक्तिहरुबीच शिखर आभुषणका रुपमा रहेको तर छिमेकी मुलुकहरुप्रति सरकारले सही नीति अबलम्बन गर्न नसकेकोमा चिन्तासमेत गरेका छन् । उनले भारत, चीन र अमेरिकाको नाम भने उल्लेख गरेका छैनन् ।

नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको भन्दै पूर्वराजा शाहले त्यो आफैंमा आत्महीनताको विषय भएको बताए । शाहले राष्ट्रिय अस्मितामा कुनै प्रभाव पर्न सक्नेप्रति नेपालीहरु सधैं चनाखो हुनुपर्ने बताए ।

पूर्वराजा शाहले सबै समुदाय मिलेर रहनुपर्ने, विभाजन र विभेद हुन नहुने भन्दै छिमेकीहरुप्रति चनाखो रहनुपर्ने उल्लेख गरेका छन् । ‘छिमकी मित्र राष्ट्रहरुपति हामीले अवलम्वन गन नीति तथा व्यवहारले हामा उन्नति पगतिलाई मात्र पभावित गदैन मलकको स्थायित्व, शान्ति र राष्टिय अस्मिता समेतमा कनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैब चनाखो हुनुपर्दछ ।’

तर, अहिले नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रति दुरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जनधारणा उत्पन्न भएको र त्यो आफैँमा आत्महिनताको बिषय बन्न गएको उनको टिप्पणी छ । पूर्वराजा शाहले अर्थविदहरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएकोमा चिन्ता गरिरहको र महँगी थपिएर सर्वसाधारणको गुजारा कठिन भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...