अर्थ मन्त्रालय र एमालेबीच जुहारी : मन्त्रालय भन्छ, अर्थतन्त्र सामान्य छ, एमालेले बेमौसमी बाजा बजायो

Artha mantralaya

काठमाडौं । नेकपा एमालेले आफ्नो कमजोरी ढाकछोप गर्न अर्थतन्त्रको असफलताको दोष अघिल्लो सरकार र राष्ट्र बैंकका गभर्नरमाथि पोखेको आरोप लगाइरहेका बेला अर्थ मन्त्रालयले एमालेको आरोप सहि नभएको प्रष्ट्याएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तीनजना पूर्वअर्थमन्त्रीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर देशको आर्थिक अवस्था जोखिम उन्मुख रहेको बताएका थिए । एमाले अध्यक्षसमेत रहेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त नेपाल श्रीलंकाको बाटोमा हिँडिरहेको टिप्पणीसमेत गरेका थिए ।

अर्थ मन्त्रायका प्रवक्ता डुन्डीप्रसाद निरौला महामारीपछि आयात बढ्दा दबाब मात्रै परेको भन्दै समाधानका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको दाबी गर्छन् ।

आफू सरकारबाट बाहिरिएको झोंक फेर्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाएको मौका छोपेर एमालेले बेमौसमी बाजा बजाइरहेको अर्थ मन्त्रालयको बुझाइ छ । मन्त्रालयका प्रवक्ता निरौला राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्ने विषयले आर्थिक क्षेत्रलाई कुनै असर नगर्ने जिकिर गर्छन् ।

‘गभर्नर खाली राखेको त छैन नि कायममुकायम तोकेकै छ नि, उहाँले काम गरिहाल्नुहुन्छ नि,' उनले भने, ‘निलम्बित गभर्नरको विषयमा अनुसन्धान गर्न समिति गठन भएको छ त्यसले प्रतिवेदन देला अनि के गर्ने भन्ने निर्णय होला ।’

कोरोना महामारीअघि अर्थात् सन् २०२० मा देशको मुद्रास्फीति वस्तु तथा सेवा आयातलाई १३ महिनासम्म धान्न सक्ने अवस्थामा थियो। अहिले ६ महिनासम्म मात्र धान्न सक्ने अवस्थामा रहेको अर्थ मन्त्रालय बताउँछ ।

अहिले युक्रेन रुस युद्धलगायत कारणले डलर र तेलको मूल्य बढेको, कोरोना महामारी सकिएसँगै आयात र व्यापार घाटा बढ्दा आयातमा आधारित अर्थतन्त्र संकटको डिलमा पुगेको अर्थविदहरूले बताइरहँदा मुलुकको सम्पूर्ण अर्थ व्यवस्थाको नेतृत्व गरिरहेको अर्थ मन्त्रालय भने त्यो स्विकार्न तयार छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...