माधव नेपाल भन्छन्, नेकपा एमाले ओलीको ‘प्राइभेट कम्पनी’ नै बन्यो

Madhav kumar nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए ।

नेपालले स्थानीय तहमा विना काम टावर (भू टावर) बनाउन अर्बौ खर्च हुने गरेको बताएका छन् । उनले टावरमा अर्बौं र गेट बनाउन करोडौं रकम खर्च भएको भन्दै असन्तुष्टि जनाए ।

‘यसबीचमा विना कामको टावरम अर्ब रुपैयाँ खर्च हने गरेको छ, गेट बनाउने काममा करोड रुपैयाँ खर्च भएको छ । हामीले तीनै अर्ब र करोड रुपैयाँ बेरोजगार युवालाई, सीप र तालिम नसिकेका मान्छेलाई तालिम सिकाउने काममा लगाएको भए दिएको भए हजारौं हजारको कल्याण हुने थियो’ उनले भने ।

त्यस्तै भ्यूटावर र गेट बनाउन खर्च गरेको रकम युवाहरुलाई निर्ब्याजी ऋण दिएको भए मानिसहरु गास बासको समस्याले छटपटिनुपर्ने अवस्था नआउने उनको भनाइ छ । नेता नेपालले भने, ‘सरकारको एक एक पैसाको राम्रो सदुपयोग हुनुपर्छ ।’

उनले २०७९ साल असोजमा ५ वर्ष पूरा हुने जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हरण भएको बताएका छन् । तर अहिलेका लागि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरुको कुनै काम छैन । हामी काम गरेर देखाउ। जनताको रुपान्तरण हुने गरी काम गरौं ।’ नेपालले समाजवादले अन्याय र असमानताको अन्त्य गर्ने बताए। उनले भने, ‘विकासको गतिमा नेपाल निकै पछि छ। विकासको योजनामा हाम्रो ध्यान पुग्नुपर्छ ।’

संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको तर निर्वाचन आयोगले असोजमममा ५ वर्ष कार्यकाल पूरा हुनेहरूको भावनाको विपरीत चुनाव मिति घोषणा गरेको कुरा उठेको भन्ने प्रश्न आइरहेको भए पनि वैशाख ३० गतेको तयारीमा जुट्न उनले भनेका हुन् ।

उनले मदन भण्डारीको नामको दुरुपयोग र जबजको मान्यतामाथि कुठाराघाट भइरहेको आरोप लगाए । उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफूहरू प्रष्ट विचारका साथ जनतामाझ जाने धारणा राखे ।

सो सभामा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको बताए । कार्यक्रममा पार्टीका अरू नेताहरूले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बेला आएको धारणा राखेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...