सरकारले गर्यो २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
८ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र १२ देशमा राजनीतिक नियुक्तिबाट राजदूतमा नियुक्ति सिफारिस भएको हो । परराष्ट्रमन्त्री नारायण खड्काको ठाडो प्रस्तावमा नियुक्ति सिफारिस भएको हो ।
राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् ।
त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी जापान, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।
चीनका लागि नेपाली राजदूतमा सिफारिस हुने श्रेष्ठ नेकपा माओवादी केन्द्रका नेता हुन् । राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
यद्यपि, उनीहरूको देश भने खुल्न सकेको छैन । सरकारले राजदूतमा सिफारिश भएकाहरुको नाम अहिलेसम्म गोप्य नै राखेको छ । राजदूतमा सिफारिश भएकाहरुको अब संसदीय सुनुवाइको प्रक्रिया हुनेछ ।
प्रतिकृया दिनुहोस