निर्वाचन आयोगको आचार संहिताप्रति एमालेको ६ बुँदे असहमति (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । बिहीबार सो पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोग पुगेर ६ बुँदे असहमति जनाएको हो ।
एमालेले संविधान र कानुनसँग बाझिएका बाहेक आचारसंहिता पालनामा आफूहरु प्रतिवद्ध रहेको उल्लेख गरेको छ । ‘त्यसैले यस प्रकृतिका संविधान तथा कानुन विपरीतको सबै प्रावधान सच्याउन र त्यस्ता प्रावधान लागु हुने गरी सूचना प्रकाशित नगर्न हाम्रो पार्टी आयोग समक्ष आग्रह गर्दछ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
कुनै पनि तहको कार्यपालिकाको सदस्य, मन्त्री तथा प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रबाहेक कुनै दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था पनि अनुपयुक्त भएको एमालेको जिकिर छ ।
दफा ३६ मा कुनै स्थानीय तहमा उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा गर्नुपर्ने व्यवस्था स्थानीय तह खाली हुन हुँदै भन्ने आयोगकै पूर्वमान्यता विपरीत रहेको एमालेले उल्लेख गरेको छ ।
आचारसंहिताको अनुसूची ३ को (८) मा भएको मतदान अधिकृतले गरेको निर्णय तथा निर्वाचित अधिकृतले मत सदर वा बदर गरेको निर्णयमा विवाद गर्ने छैन भनिएको व्यवस्थाले निर्वाचनमा हुनसक्ने धाँदलीविरुद्धमा अदालतमार्फत प्राप्त हुनसक्ने अधिकारमाथि अंकुश लगाउन खोजेको देखिएको एमालेको ठहर छ ।
प्रतिकृया दिनुहोस