छात्रामाथि दुर्व्यवहार विवाद प्रकरण : प्रहरीको मृत्युपछि लाग्यो लेटाङमा कर्फ्यु

Letang tanab

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएपछि लेटाङमा कर्फ्यु लागेको छ ।

सो घटनाबाट थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरङ्गी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ ।

हिजो लेटाङ नगरपालिका वडा नं ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो भने करिब ३ दर्जन प्रहरी र विद्यार्थीहरु घाइते भएका थिए ।

यौन दूर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा केही सेल अश्रु ग्याँस र हवाई फायर समेत गरिएको थियो । पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गरेको थियो ।

आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

घटना सार्वजनिक भएपछि शिक्षक विद्यालयमै रहेको सूचना पाएका स्थानीयले स्कुल घेराउ गरेका थिए । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...