लेटाङमा छात्रामाथि दुर्व्यवहार विवाद : एक महिला प्रहरीको मृत्यु

Letang tanab

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

झडपमा मोरङका प्रहरी उपरीक्षकसमेत घाइते भएका छन् । घाँटीमा छुरा प्रहार भएकी महिला प्रहरीलाई शुभकामना अस्पताल मोरङमा बेलुका ८ बजे मृतावस्थामा नै पुर्‍याइएको थियो । 

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरी बेलुका नियन्त्रणमा लिएर विराटनगर ल्याउने क्रममा आक्रोशित भीडले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भएको बताइएको छ ।

लेटाङ नगरपालिका -५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रा माथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लिउको थियो ।

शिक्षकले आफूमाथि फागुका दिन दुर्व्यवहार गरेको भन्दै छात्राले प्रधानाध्यापकलाई भनेकी थिइन् । यसबारे प्रअले आरोपित शिक्षकसँग सोधपुछ गरिरहेका वेला स्थानीयहरू विद्यालयमा आएर तानातान भएपछि विवाद बढेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...