हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी
काठमाडौं । रुस–युक्रेन युद्ध जारी छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् ।
यसैक्रममा मंगलबार युक्रेनको विदेश मन्त्रालयले युद्धका क्रममा १३ हजार ५ सयभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । त्यस्तै, हालसम्म ४ सय ४ ट्यांक ध्वस्त पारेको पनि युक्रेनले दाबी गरेको छ । यता, रुसले भने युक्रेनले सार्वजनिक गरेको विवरणको खण्डन गरेको छ ।
अत्यधिक रुसी सेनाको मृत्यु भएको भनेर प्रचार गरी युक्रेनले आफ्ना नागरिकलाई सान्त्वना दिइरहेको पनि रुसले प्रतिक्रिया दिएको छ ।
युक्रेनको विदेश मन्त्रालयले पछिल्लो २० दिनमा एक हजार २७९ रुसी हातहतियार, ९५ हेलिकोप्टर, १ सय ५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनलगायत ध्वस्त भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस