रुसलाई जर्मनीले भन्यो- ‘युक्रेन आक्रमण रोकियोस्’

Jarman rus

किभ । जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन संकट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् ।

राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । एक घन्टा लामो सो वार्तामा चान्सलर सोल्जले युक्रेनमा जारी रुसी हमला बन्द गर्न आह्वान गर्दै युद्धबाट प्रभावितलाई मानवीय सहयोगका लागि पहुँच स्थापित गर्न पुटिनसँग अनुरोध गरेका थिए ।

युक्रेनको परमाणु केन्द्रलाई रुसी सेनाले कब्जा गरेको पृष्ठभूमिमा जर्मन चान्सलरले पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् । रुसी सेनाले युरोपकै ठूलो मानिएको जापोरिज्यास्थित परमाणु केन्द्रमा शुक्रबार आगो लगाइदिएका थिए ।

आगो लगाइदिएपछि सो केन्द्रलाई रुसी सेनाले कब्जा गरेका छन् । रुसी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् । यसैबीच, आगलागी भएपनि त्यहाँबाट कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...