सरकारका प्रवक्ता भन्छन्, आज सर्वदलीय बैठक बोलाइएको होइन

Gyanendra karki

काठमाडौं । आज बिहान ९ बजे बस्ने भनिएको सर्वदलीय बैठक नबोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज ९ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको समाचार सार्वजनिक भएको थियो । प्रमुख प्रतिपक्ष एमालेले आफूहरूलाई बैठक भएको जानकारी नै नभएको बताएको थियो । यसअघि पुस ४ गते प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन।

त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट्नुभएको थियो। एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

अवरोधकै कारण स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आउँदो माघ १६ गतेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनबीच छलफल गरिरहेको प्रवक्ता कार्कीको भनाइ छ । संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउने उनले बताए ।

यसअघि हिजोको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्रीको सचिवालयले पालिका तहको चुनाव तथा संसद्को अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जनाएको थियो ।

प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...