चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध

Lockdown in xian china

एजेन्सी । कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् ।

संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।

तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ ।

ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो ।

ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...