भारतमा एकैदिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

Covid india 67

एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण  मृत्यु भएको छ ।

भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ ।

भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए ।

कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, संक्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...