दलित मुक्ति संगठनले दियो संगठन अभियानलाई तीव्रता, बाग्लुङ र कञ्चनपुरमा समिति गठन
बाग्लुङ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनले संगठन बिस्तार अभियान तीव्र बनाएको छ । यसैक्रममा बाग्लुङमा सुन्तली बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।
आइतबार बाग्लुङ बजारमा जिल्ला भेलाले उपाध्यक्षमा झमरसिंह बिक, नरेश सुनार, सचिवमा कृष्ण किसान, सहसचिवमा श्याम खाती बिक र कोषाध्यक्षमा आदेश बिसेललाई चयन गरेको छ ।
कार्यक्रममा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको सो भेलामा संगठनका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज कृष्ण नेपाली, नेकपा एस बाग्लुङका इन्चार्ज श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा, कास्की सचिव होम नेपाली, नेपाल दलित मुक्ति संगठन बागलुङ अध्यक्ष सुन्तली बिक लगायतले सम्बोधन गरेका थिए ।
यसैगरी नेपाल दलित मुक्ति संगठन कञ्चनपुर जिल्ला भेला बिनोद नेपालीको अध्यक्षतामा शनिकार सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य माया पन्तको प्रमुख आतिथ्यतामा भएको सो भेलाले मदन सेरालाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।
सो भेलामा सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री लालबहादुर खडका, पूर्ब मन्त्री प्रकाश रावल, केन्दिय सल्लाहाकार परिषद सदस्य प्रताप तिरुबा, नेपाल दलित मुक्ति संगठन केन्द्रिय सचिव तथा प्रदेश सहइन्चार्ज श्याम सुनार, संगठनका प्रदेश सचिव चक्र बिके, प्रदेश उपसचिव जोगी सिह सोब लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस