१२ घण्टा नबित्दै स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले दिइन् राजीनामा

Swedens first female pm

एजेन्सी । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको १२ घण्टा नबित्दै राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि राजीनामा दिएकी हुन् । उनको राजीनामासँगै स्विडेनमा राजनीतिक अन्यौल भएको समाचारमा उल्लेख छ । तर उनले सभामुखलाई एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्रीमा नियुक्त हुने अपेक्षा गरेको पनि बताइन् ।

‘मैले सभामुखलाई प्रधानमन्त्री पदबाट मुक्त गर्न भनेकी छु’, पत्रकार सम्मेलनमा बोल्दै एन्डर्सनले भनिन्, ‘म एकल पार्टीको नेतृत्वको सोसल डेमोक्रेट सरकारको नेतृत्व गर्न तयार छु ।’

गठबन्धन सरकारले ल्याएको बजेट संसदबाट अस्वीकृत भएपछि ग्रिन पार्टी सरकारबाट बाहिरिएको थियो । तर प्रधानमन्त्रीका लागि संसदमा हुने चुनावमा एन्डर्सनको पक्षमा मतदान गर्ने उक्त पार्टीले प्रस्ट पारेको छ । स्विडेनमा महिलाले मतदान गर्ने अधिकार पाएको १ सय वर्षपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

राष्ट्रिय दलित पत्रकार संघको पाँचौं स्थापना दिवस सम्पन्न, काठमाडौंमा ३ पत्रकार सम्मानित

Dalit patrakar news

काठमाडौं । दलित समुदायका सञ्चारकर्मीहरुको साझा संस्था राष्ट्रिय दलित पत्रकार संघ नेपालले पाँचौं स...