एक दर्जनभन्दा बढी चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा

Us blacklists a dozen

एजेन्सी । अमेरिकाले थप एक दर्जनभन्दा बढी चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई लिएर चासो देखिएकाले व्यापार गर्ने गरी थप चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखिएको अमेरिकाले जनाएको छ।

अहिले कालोसूचीमा राखिएका केही कम्पनीले चीनको सैनिकलाई ‘क्वान्टम कम्प्युटिङ प्रोग्राम’ बनाउनका लागि सहयोग गरेको अमेरिकी राष्ट्रपतिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ताइवान, व्यापार, क्षेत्रीय संलग्नता, मानव अधिकार, कोरोना भाइरससहितका विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढ्दै गएका बेला पछिल्लो प्रतिबन्ध आएको हो।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्च्युअल वार्ता भएको थियो। सो वार्तामा व्यापारको विषयमा पनि चर्चा भएको थियो, तर त्यसले तनाव कम गर्ने पक्षमा कुनै ठोस प्रगति हासिल गर्न सकेन।

पछिल्लोपटक अमेरिकाले चिनियाँ सैनिकलाई क्वान्टम कम्प्युटिङमा सहयोग गरेको भन्दै चीनका ८ प्रविधि कम्पनीलाई कालोसूचीमा राखेको हो। यस्तै १६ जना तथा चीन र पाकिस्तानबाट सञ्चालन भएका कम्पनीलाई पनि सूचीमा राखिएको अमेरिकाको वाणिज्य विभागले जनाएको छ। अहिले चीन, जापान, पाकिस्तान र सिंगापुरका २७ कम्पनी तथा व्यक्तिहरुलाई अमेरिकाले कालोसूचीमा राखेको हो।

यस्तै मस्को इन्स्टिच्युट अफ फिजिक्स एण्ड टेक्नोलोजीलाई विभागले सैनिक प्रयोजनका लागि प्रयोग नगर्ने सूचीमा राखेको छ। अमेरिकाले सन् २०१९ मा चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कालोसूचीमा राखेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...