मुख्यमन्त्री शाक्यद्धारा विश्वासको मत लिने प्रस्ताव पेश, प्रदेशसभा कात्तिक ४ गतेसम्म स्थगित

Asthalaxmi shakya

हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् । तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) विभाजन भएर १३ सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । उनले आफूमाथि संसद्को विश्वास रहेको पुष्टि गर्न प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन् ।

भदौ २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्यले आज विश्वासको मत पाउने सम्भावना रहेको छैन । उनको पक्षमा एमाले ४३ सांसद मात्रै छन् । अहिले १०९ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा सरकार जोगाउन ५५ सांसद आवश्यक पर्छ । तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन ।

४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्‍याउन सक्दैन ।

र यो पनि ...

वाग्मतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...