एक रुपैयाँ छाप्न दुई रुपैयाँभन्दा बढी खर्च’

Money 1od5u3tkrx

काठमाडौं । एक रुपैयाँको नोट छाप्न दुई रुपैयाँभन्दा बढी खर्च हुने नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।

नेपाल बैंकर्स संघ प्रदेश २ ले मंगलबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मर्चेन्टहरुलाई क्युआर कोड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले विभिन्न प्रकारका नोट छाप्न राज्यको ठूलो रकम खर्च भइरहेको बताए ।

‘एक रुपैयाँको नोट छाप्न दुई रुपैयाँभन्दा बढी रकम खर्च हुन्छ’, उनले भने, ‘एक हजारको एउटा नोट छाप्न राज्यको ३ रुपैयाँसम्म खर्च हुन्छ ।’

त्यसकारण क्यासलेस र डिजिटल बैंकिङको अवधारण नेपाल राष्ट्र बैकले लिएको नयाँ पत्रिकाले लेखेको छ । राष्ट्र बैकले विद्युतीय कारोबारमा जोड दिएको उल्लेख गर्दै गर्भनर अधिकारीले भने विद्युतीय माध्यममा कारोबार भएको खण्डमा आर्थिक विकृति पनि बिस्तारै समाप्त हुँदै जान्छ । व्यापारिक कारोबार गर्न वा पैसा लेनदेन गर्न कुनै प्रकारको असुरक्षा हुँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...