तोलामा ५०० ले बढ्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो ।
नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ ।
चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।
प्रतिकृया दिनुहोस