विदेशीका लागि पर्यटक भिसा छिट्टै खोल्ने तयारी भइरहेको छ : पर्यटनमन्त्री भट्टराई

Yogesh bhattarai

काठमाडौँ । कोरोना महामारीका कारण बन्द भएको विदेशी नागरिकका लागि पर्यटक भिसा सरकारले छिट्टै खोल्ने पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन्।

कोरोना महामारीका कारण थला परेको पर्यटनलाई माथि उकास्नका लागि भए पनि विदेशी नागरिकका लागि पर्यटक भिसा छिट्टै खोल्न लागिएको मन्त्री भट्टराईले बताए।

झापाको चन्द्रगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले कोरोना संक्रमणका कारण नेपालको पर्यटन उद्योग धरासायी भएको बताए।

‘मारमा परेका पर्यटन व्यवसायीलाई राहत दिन सरकारले ५० अर्ब बराबरको पुनर्उत्थान कोष सञ्चालनमा ल्याउने तयारी गरेको छ’, उनले भने, ‘मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि यो लागू हुन्छ।’

कोष सञ्चालनमा आएपछि व्यवसायीले पाँच प्रतिशत व्याजदरमा ऋण पाउने मन्त्री भट्टराईले बताए। गृह जिल्ला ताप्लेजुङमा एक साताको बसाईपछि झापा आएका मन्त्री भट्टराईले शुक्रबार नै नेपालको सबैभन्दा होचो भूभाग केचनाको पनि अवलोकन गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...