हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारको टोली काठमाडौंमै रोकियो

Rajkumar

काठमाडौँ । हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारसहितको टोली बुधबार विमानमार्फत लुक्ला जाने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौंमा नै रोकिएको छ । मौसम प्रतिकूल बन्दा उनीहरु खुम्बु जाने कार्यक्रम प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला जाने कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा जान नपाएका हुन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज कुनै उडान नभएको कार्यालयले जनाएको छ ।

बहराइनका राजकुमार गत बुधबार नेपाल आएका थिए । उनको टोली खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि नेपाल आएको हो । राजकुमारको टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत गत बुधबार काठमाडौं आएको थियो । टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्सं) मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...