विराटनगरमा वडाध्यक्षसहित थप ६८ जनामा कोरोना पुष्टि

Corona test19

विराटनगर । विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् । उनी होम आइसोलेशनमा बसेका छन् ।

यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् । केहि अस्पतालमा उपचाररत विरामीसमेत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...