कोरोनाको महत्वपूर्ण खोज गर्ने चिनियाँ अनुसन्धानकर्ताका हत्या

काठमाडौं । कोरोना भाइरसबारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको अमेरिकामा हत्या भएको छ । उनको टाउको, घाँटी, छाती र हातखुट्टामा गोली हानिएको पाइएको छ ।
अमेरिकाको पेन्सिलभानियामा गोली हानी हत्या भएको हो । पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक ३७ वर्षीया विंग लिउको उत्तरी पिट्सबर्गको रस टाउनिङस्थित घरमा नै मृत भेटिएको हो ।
अनुसन्धान अधिकारीहरुले आफ्नै कारमा मृत भेटिएका ४६ वर्षीय एक व्यक्तिले लिउको हत्या गरेको र आफ्नो कारमा फर्किएर आत्महत्या गरेको बताएका छन् ।
अनुसन्धान अधिकारी सार्जेन्ट ब्रियान कोहलेपले उनीहरुले एक अर्कालाई चिन्न भए पनि लिउ चिनियाँ भएकै कारण हत्या गरेकोबारेमा पनि प्रष्ट भइनसकेको बताएका छन् ।
प्रतिकृया दिनुहोस