ब्राजिलको एक बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

ब्राजिल । ब्राजिलको एउटा बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरी भेगमा रहेको  बेलम शहर नजिकको बारमा   गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु भएको नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुले बताएका हुन् ।  

मोटरसाइकल र तीन वटा कारमा आएका सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ । बन्दुकधारी सबैले अनुहार ढाकेका थिए । गोली चलाउनु पछाडिको कारणबारे भने थाहा भएको छैन । अन्धाधुन्ध गोली चलाएर ती बन्दुकधारीहरु भागेका थिए ।

स्थानीय सञ्चारमाध्यमले भने एक बन्दुकधारी पक्राउ परेको जनाएको छ । ती बन्दुकधारी घाइते अवस्थामा छन् । त्यसैगरी घटनामा अन्य केही मानिस घाइते भएका छन् ।

आधिकारिक तथ्यांक अनुसार, बाज्रिलमा सन् २०१७ मा ६४ हजारको हत्या भएको थियो, जसमा ७० प्रतिशतको हत्या गोलीबारीकै कारण भएको थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...