दक्षिणी इराकमा रहेकाे अमेरिकी तेल कम्पनीले विदेशी कामदार अन्यत्र पठाउँदै

एजेन्सी । अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई खाली गरेको अल अरेबिया टेलिभिजनले शनिबार जनाएको छ।


कम्पनीले शुक्रबारदेखि कामदारलाई उक्त क्षेत्रबाट खाली गरी अन्यत्र पठाउन थालेको र शनिबार बिहानसम्म त्यहाँबाट केही कामदारलाई दुबई र संयुक्त अरब इमिरेट्सतर्फ पठाएको तथा केहीलाई कम्पनीको मुख्यालय बसरामा राखिएको अल अरेबिया टेलिभिजनले इराकी सुरक्षाकर्मीलाई उद्धृत गरी जनाएकाे छ।


कम्पनीका इराकी इन्जिनियरहरूले भनेका छन्, 'कामदारलाई सार्ने कामले वेस्ट कुर्ना वन तेल प्रशोधन केन्द्रमा काम अवरूद्ध नहुने र उत्पादन पनि घट्ने छैन। त्यहाँ कुनै खतराको सङ्केत नरहेको र शान्त अवस्था रहेको छ।'


अमेरिकी तेल कम्पनीको उक्त निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणापछि इरानबाट तेल आयात गर्ने चीन, भारत लगायतका केही प्रमुख राष्ट्रमा तत्कालका लागि घोषणा बाध्यकारी नहुने भनी गत वर्ष गरेको निर्णय यही मे महिनादेखि सकिएको सन्दर्भमा प्रतिबन्ध फुकुवाका लागि पुनः नयाँ निर्देशन जारी नभएपछि देखिएको अन्यौलबीच आएको छ।


अमेरिकी ट्रम्प प्रशासनले इस्लामिक स्टेटमाथि दबाब सिर्जना गर्न इरानमाथि एकतर्फीरूपमा प्रतिबन्धको घोषणा गरेको हो। यसको यूरोपेली सङ्घअन्तर्गतका अधिकांश सदस्य राष्ट्र, चीन, रूस तथा अन्य अमेरिका पक्षधर वा विरोधी धेरै मुलुकबाट अनुमोदन भएको छैन।


अमेरिकाले पछिल्ला केही दिन यता इरानबाट खतरा उत्पन्न भएको बताउँदै मध्यपूर्वमा आफ्ना सैन्य गतिविधि पनि बढाएको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...