एसईई दिने विद्यार्थीलाई दिइयो परिक्षाबारे परामर्श
भक्तपुर । यसवर्ष एसईई परीक्षा दिने तयारीमा रहेका भक्तपुरका विद्यार्थीलाई परिक्षा कसरी दिने भन्ने विषयमा परामर्श दिइएको छ ।
युवा परिचालन गरी समाजमा व्याप्त रहेका समस्याहरुलाई समाधान गर्न सहयोग पुयाउने उद्देश्यका साथ स्थापित भक्तपुर नगरपालिका -२ मा स्थापित युवा जागृति समाज भक्तपुरको आयोजनामा भएको काउन्सुलिङ एण्ड ओरेन्टेशन फर एसईई एपिरेन्स स्टुडेन्ड्को पहलमा उनीहरुलाइृ प्रशिक्षण दिइएको हो ।
बुधबार भक्तपुरका १३ वटा विद्यालयका ३ सय ७७ जना विद्यार्थीलाई तीन जना विषय विशेषज्ञ शिक्षकले परामर्श दिएका थिए । एसईईमा सहभागी विद्यार्थीका लागि परामर्श तथा प्रशिक्षण कार्यक्रममा गणित विषयका विशेषज्ञ एनवी खाताखो, विज्ञान विषयका विशेषज्ञ जयानन्द कपाडी र एजुकेशन रिभ्यु अफिस सानोठिमी भक्तपुरका डाइरेक्टर नारायण झाले परामर्श दिए ।
एसईई दिने विद्यार्थीलाई राम्रो प्राप्तांकका लागि सहयोग होस् भनेर प्रत्येक वर्ष जस्तै यो वर्ष पनि कार्यक्रम गरेको आयोजक समाजका कार्यक्रम निर्देशक उमेश दुवालले बताए ।
प्रतिकृया दिनुहोस