कक्षा १२ को परीक्षाफल सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण

१ लाख ८७ हजार विद्यार्थी 'नन्‌ग्रेडेड'

Rastriya parikshya board

काठमाडौं । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्‌ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षाफल आधा घण्टापछि वेबसाइटमा हेर्न सकिने शर्माले बताए । नतिजा सार्वजनिक हुनुअघि आजै बोर्डको बैठक बसेको थियो । बोर्डको बैठकलगत्तै परीक्षाफल सार्वजनिक भएको हो ।

गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए ।

एसईईको जस्तै कक्षा १२ को नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशित भएको बोर्डले जनाएको छ । जसअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थीलाई अनुत्तीर्ण मानिने छ ।

सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ । त्यस्तै सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन् । २.१ देखि २।४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० र १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...