एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशतले ग्रेड प्राप्त

See exam

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । एसईई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड प्राप्त गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा) को नतिजा आज (सोमबार) प्रकाशन गरेको हो ।

नतिजा अनुसार परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका परीक्षा बोर्डले जनाएको छ ।

विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहजरुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

संस्थाहरुको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को बेवसाइटमा राखिएको परीक्षा बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बढ्दैछ भारत क्यानडाबीच कुटनीतिक दुरी, भारतद्धारा ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित

Canada and india flag

काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । भारत सरकारले आफ्नो देश...