बागलुङमा कृषि क्याम्पस खोल्ने तयारी
बागलुङ । बागलुङ नगरपालिकाले कृषि प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीको चाहना पूरा गर्ने गरी क्याम्पस खोल्ने तयारी गरेको छ । नगरपालिकाले प्रारम्भिक भौतिक पूर्वाधारमा लगानी गरेर वार्षिक ५० विद्यार्थीलाई कृषि विषयको स्नातक तह अध्यापन गराउने तयारी गरेको हो ।
नगरपालिका भित्रकै एक गुठीले २० रोपनी जमीन नगरपालिकालाई दिने निर्णय गरेपछि पहिलो चरणमा उक्त स्थानमै पूर्वाधार बनाएर क्याम्पस सञ्चालन गर्ने योजनासहित अध्ययन थालिएको नगर प्रमुख जनकराज पौडेलले बताए ।
कृषि विज्ञान विषयमा अध्ययनअध्यापन गराउने गरी कलेज सञ्चालन गर्नका लागि पोखरा विश्वविद्यालयसमेत सकारात्मक भइसकेको छ । ‘नगरपालिकाले कलेज सञ्चालनको आशय दिएपछि विश्वविद्यालयले पनि चासो दिएको हो’, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक निर्मल सापकोटाले भने, ‘लगानीको चरणमा नगरपालिकाले बढी पारदर्शिता देखायो भने यो कलेजले पाँचौ वर्षदेखि नगरपालिकाकै शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्नेछ ।’
प्रतिकृया दिनुहोस