वडाअध्यक्षले ह्वीलचेयर दिएपछि.....

Wheell

बर्दिवास । ‘कुञ्जिएको २५ वर्षपछि बल्ल मेरो घुमफिर गर्ने रहर पूरा भयो’ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङ्कङ् डाँडाका ४५ वर्षीय श्रीराम सिंहले ह्वीलचेयर चलाउँदै भनेका छन् ।
पक्षघातले २० वर्षको उमेरमै खुट्टा सुकेर घरमै कुञ्जिएर बस्दै आउनु भएका सिंहलाई शनिबार वडाअध्यक्ष अभिराम प्याकुरेलले घरमै पुगेर ह्वीलचेयर दिएपछि घुमफिर गर्ने रहर पूरा भएको हो ‘घुमफिर गरौंला भन्ने रहर थन्क्याई सकेको थिए’ सिंहले भने, ‘वडाअध्यक्षले फेरि नयाँ आशा भरिदिनुभयो, अब आफ्नो बस्ती घुमफिर गर्दै सबैसँग घरघरै भेट्नसक्ने भएँ ।’
युवावस्था प्रवेशसँगै पक्षघातले डल्ल्याएपछि सानो झुप्रो घरको एउटा कुनालाई संसार देख्न थालेको आपूmलाई ह्वीलचेयरले जीवन अली फराकिलो बनाइदिएको उनको भनाई छ । बिहेबारीको कुरा चल्दैगर्दा अचानक पक्षघातले थलिएपछि सिंहको बिहेको कुराले बिराम लियो । घरमैं बस्ने सिंहलाई भाइ बुहारी र भतिजाभतिजीले खानलाउन दिँदै आएका उनले बताए ।
घरको गरीबीले एकमुष्ट पैसा जुटाउन नसक्दा चाहदा चाहँदै दाजुका लागि ह्वीलचेयर किन्न नसकेको आफ्नो घरको गरीबी वडाअध्यक्ष प्याकुरेले बुझिदिनुभएको सिंहका भाइ कान्छाले बताए । पछिल्ला २५ वर्ष देखि साधन नहुँदा घरमैं कुञ्जिएका सिंहलाई आफ्नो सानो सहयोगले खुशी बनाएको कुराले सन्तोष लागेको वडाअध्यक्ष प्याकुरेलको भनाइ रहेको थियो ।
‘आफ्नो वडाबस्ती डुल्दै निस्कँदा सिंहको अवस्था देखे, उहाँलाई ह्वीलचेयर चढ्न पाए हुन्थ्योभन्ने रहर रहेछ ’वडाअध्यक्ष प्याकुरेलले भने, ‘एकदमै सामान्य रकम खर्चदा उहाँको रहर पूरा गर्न पाएँ, आफ्नो सहयोग सानो भए पनि सिंहको खुशीले मेरो मन गद्गद् भएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...