दाङमा आगलागी हुदा चौध लाखको क्षति
दाङ । दाङको दुई घरगोठमा आगलागी हुँदा करीब रु १४ लाख बराबरको क्षति भएको छ । हिजो दिउँसो ४ बजेतिर दाङको बङ्गलाचुली गाउँपालिका–७ श्रीखर्क निवासी देवराज पुन र उनका छोरा गोपाल पुनको घरमा आगलागी हुँदा रु १३ लाख ७३ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र आधा तोला सुन गरी रु छ लाख ८० हजार तथा गोपाल पुनको घरगोठ, अन्नपात, लत्ताकपडा, भाडावर्तन, एक तोला सुन, सोलार, नगद रु २५ हजार गरी रु सात लाख ९३ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
प्रहरी तथा स्थानीयवासीको सक्रियतामा हिजो साँझ ५ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एक्कासि घरगोठमा लागलागी भए पनि सजगता अपनाएकाले कुनै पनि मानवीय क्षति भने भएको छैन ।
प्रतिकृया दिनुहोस