तिन सय चेपाङ परिवारलाई न्यानो कपडा वितरण

Kapada

मुग्लिन । शनिबार इच्छाकामनाका चेपाङहरुलाई न्यानो कपडा (सिलिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ संघ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासंघले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो ।
नेपाल आदिवासी महासंघका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरीब चेपाङलाई सहयोगका लागि छनोट गरिएको बताए ।
कठ्याङ्ग्रिदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकामा वडाध्यक्ष पञ्चबहादुर चेपाङले सहयोगीलाई धन्यावाद दिएका छन् । यहाँका प्राय चेपाङ दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी शिक्षक पदम चेपाङले बताए । जाडोमा न्यानो कपडा(सिलिपिङ ब्याग) पाएपछि खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई चेपाङ समुदायले धन्यावाद दिएका छन् ।
ब्याग वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोनाम लामा, नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ, नेपाल जिरेल संघका अध्यक्ष युवराज जिरेल, र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...