अपडेट: बस दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

Bus

पर्वत । पर्वतको कुश्मा नगरपालिका १ मालढुङ्गामा भएको बस दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका ७ धाईरिङका ५५ वर्षिया अमिसरा पुन, म्याग्दीको पाखापानी २ का २१ वर्षिय राजेश पुन, पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका ५० वर्षिय टिके परियार, उनकी श्रीमती ४० वर्षिया सेती परियार, जलजला गाउँपालिका ७ का २२ वर्षिय जीवन विक, बागलुङ नगरपालिका ४ कुँडुलेका ४८ वर्षिया शान्ती केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका ८ का ४१ वर्षिय सुब्बे परियार रहेका छन् ।

म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार साँघुरो सडकमा तिव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको थियो । घटनास्थलमा ३ जना र उपचारको क्रममा धौलागिरी अञ्चल अस्पतालमा ४ को मृत्यु भएको प्रहरी नायव उपरिक्षक तिवारीले जानकारी दिए ।

दुर्घटनामा ३२ जना घाईते भएका छन् । घाईतेमध्ये गम्भिर रहेका ७ जनाको काठमाण्डौको छाउनी अस्पताल, २ जनाको काठमाण्डौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घाईतेमध्ये २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एकजनाको अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...