सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण हुने

1542597507

सल्यान । सरकारले सल्यानबाट पनि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले सल्यानमा पनि परिचयपत्र वितरण शुरु गर्ने जनाएको हो । सबै नागरीकहरुको अभिलेख राख्ने उदेश्यले दोस्रो चरणमा सल्यान जिल्ला भरी राष्ट्रिय परिचयपत्र बितरण गरिने भएको हो ।

कर्णाली प्रदेशका दुई जिल्ला सल्यान र जुम्लाबाट परिचयपत्र बितरण हुन लागेको हो । सल्यानमा आज आयोजित कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले चालु आर्थिक वर्षमा सल्यानबाट पनि परिचयपत्र बितरण शुरु गरिने बताए । उनले १६ बर्ष उमेर पुगेर नागरीकता र मतदाता परिचयपत्र लिएका जिल्लाका १ लाख ४५ हजार नागरिकलाई परिचयपत्र वितरण गरिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...