निर्मला पन्तकी आमाकै डिएनए टेष्ट गरिने, महाकाली अस्पतालमा दिइन् रगत
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको डिएनए परीक्षण हुने भएको छ । त्यसका लागि दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा रगत दिएकी छन् ।
निर्मलाको भेजाइनल स्वाब नै प्रहरीले नक्कली खडा गरेको हुनसक्ने अनुमान गरिएपछि त्यसको पुष्टि गर्न निर्मलाकी आमा आमा दुर्गादेवीको डिएनए चेक गर्न लागिएको हो ।
१० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।
घटनामा संलग्न अहिलेसम्म पक्राउ गरेका छैनन् । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै दुर्गादेवी बिहान जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगेकी थिइन् ।
प्रारम्भिक चरणमा नै प्रमाण नष्ट गरेको भन्दै प्रहरीको चौतर्फी आलोचना हुने गरेको छ । अब दुर्गादेवीको रगतबाट निकालिने डीएनएसँग निर्मलाको स्वाबको डीएनए प्रोफाइललाई भिडाएर वैधानिकता जाँचिनेछ ।
यो प्रकरणमा प्रहरीसँग भएको प्रमाण भनेको निर्मलाको स्वाबबाट निकालिएको वाइएसटीआर डीएनए प्रोफाइल मात्र हो । तर, त्यसमाथि पनि अहिले प्रश्न उठ्न थालेको छ । अनुसन्धान अधिकारी स्वयंले समेत निर्मलाको स्वाबको वैधानिकतामाथि प्रश्न उठाएका थिए ।
प्रतिकृया दिनुहोस