प्युठानबाट चल्न थाल्यो पञ्जाबसम्म बस

Pyuthan panjab bus

प्युठान । प्युठानबाट भारतको पञ्जाब जोड्ने सिधा बस सेवा औपचारिक रुपमा सुरु भएको छ । स्वर्गद्धारी सार्वजनिक यातायात समितिका महासचिव चन्द्रमान श्रेष्ठले बस सेवाको शुभारम्भ गरे ।

४० सिटे ना५ख ६६०२ नम्बरको डिलक्स बसले पहिलोपटक १५ जना यात्रु लिएर पञ्जाब प्रस्थान गरेपछि सेवाको औपचारिक सुरुवात भएको हो ।

स्वर्गद्धारी यातायात समितिले मल्लरानी गाउँपालिकाको चुजाँठाटी बजारदेखि पञ्जाब हप्ताको एक दिन एउटा बस चलाउने भएको छ । हरेक हप्ताको बुधवार छुट्ने गरि अम्बला, लुधियाना, जलन्धर, चन्डिगडसम्म पुग्नेगरी बस सेवा शुरु गरिएको हो ।

अर्घाखाँचीको सीमानाका स्थानीय र चुजाँठाटी क्षेत्रका स्थानीयहरु पन्जावमा धेरै रहेकोले बस सेवा सञ्चालन गरिएको स्वर्गद्धारी बस व्यवसायी समितिका महासचिव श्रेष्ठ बताउँछन् ।

पञ्जाबबाट हप्ताको शुक्रबार बस चुुजाँठाटीका लागि चल्ने महासचिव श्रेष्ठले बताए । खुला सीमाको सदुपयोग गर्दै दुवै देशका हजारौँ नागरिक दैनिक आवागमन गर्छन् । सीधा बस सेवाले उनीहरुलाई सुविधा हुन्छ । चुजाँठाटीदेखि पञ्जाबसम्मको भाडादर दुई हजार ८ सय ८० रुपैयाँ तोकिएको छ ।

समिलिे दुई बर्ष अघिदेखि प्युठान–दिल्ली सिधा बस सेवा संचालन गरिरहेको छ । यसअघि महिनामा एउटा बस प्युठानबाट राजस्थानका लागि चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...