इलामबाट सुरु गरे डा. केसीले १६ औं अनसन

Govinda kc ilam

इलाम । डा. गोविन्द केसीले १६ औं अनसन सुरु गरेका छन् । आफूसँग साउन १० मा भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन उनले माग गरेका छन् ।

इलाममा बुधबार पत्रकार सम्मेलन गरी उनले माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकाले बुधबार ५ बजेदेखि १६ औं अनसन सुरु गरेको बताएका छन् ।

डा. केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बसेका छन् ।

त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः संस्थानमै फिर्ता गर्न र कृषि तथा वन विश्वविद्यालयले चोर बाटोबाट दिन लागेको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीलाई कारबाही गर्न पनि केसीले माग गरेका छन् ।

केसीले पूर्वी पहाडको इलाम, उदयपुर, सुदुर पश्चिमको डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न पनि माग गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...