चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, जिल्लिए डा. केसी
काठमाडौं । डा. गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ ।
डा. केसीको सहमतिअनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपामा सांसदहरुले बहुमत पुर्याउँदै विधेयक पारित गरेका हुन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले नेपाली कांग्रेसको फरकमत तथा डा गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित गरेको हो ।
बहुमतका आधारमा पास भएको प्रतिवेदनमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । साथै आशयपत्र लिई पूर्वाधार पुरा गरेको शिक्षण संस्थालाई सरकारलार्ए सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेकै क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइएको छ । यो डा. केसी र सरकारबीच १० साउनमा भएको सहमति पनि हो ।
यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राखेको छ । समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका दिएको टिप्पणी गरे ।
यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयक बहुमतका आधारमा पास गरेको थियो ।
तर, उपसमिति संयोजक भैरवबहादुर सिंहले विरोधकाबाबजुत पनि जबरजस्ती विधेयकमाथिको प्रतिवेदन पारित गर्न निर्णयार्थ प्रस्ताव पेस गरेका थिए । संयोजकको प्रस्तावलाई छलफलमा सहभागी बहुमत सांसदले समर्थन गर्दै बहुमतका आधारमा प्रतिवेदन पारित भएको हो । उपत्यका बाहिर सम्बन्धन दिनसक्ने प्रावधानसहित चिकित्सा शिक्षा विधेयक पारित भएको हो ।
उता १६ औं अनसनका लागि डा. केसी इलाम पुगेका छन् । उनले आजै ४ बजेदेखि १६ सत्याग्रह बस्दै छन् ।
प्रतिकृया दिनुहोस