कालो बादलले ढाक्यो आकास, बढ्यो चिसो
काठमाडौं । बुधबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने विस्तारै बादल हटेर घाम लाग्ने सम्भावना छ ।
काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्यियस मापन गरिएको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको कारण देशभरको मौसममा बदली भएको महाशाखाको भनाई छ । बुधबार राति पश्चिम पहाडी र पुर्वी तराईमा मौसम बद्लीको सम्भावना छ । मौसमविदहरुले बादल लागे पनि पानी पर्ने सम्भावना भने नरहेको बताएका छन् ।
बिहीबार भने देशभरको मौसम सामान्यतया सफा नै हुनेछ । शुक्रबारदेखि केही दिन मौसम बदली हुने सम्भावना छ ।
प्रतिकृया दिनुहोस