दलहरुको दवाव थेग्न नसक्दा नगरपालिकाले लगायो सल्लाघारीको जग्गामा पर्खाल

Salaghari jagga

भक्तपुर । भक्तपुरको सल्लाधारीस्थित तिनकुनेमा रहेको खाली जग्गामा राजनीतिक दलहरुको आँखा लाग्न थालेपछि पर्खाल लगाइने भएको छ ।

विभिन्न राजनीतिक दल र विभिन्न समूहहरुले आफु अनुकुल प्रयोग गर्न थालेपछि नगरपालिकाले खाली जग्गामा पर्खाल लगाउन थालेको हो । सो क्षेत्रमा १ सय ८ रोपनी खाली जग्गा छ ।

स्व. राजा वीरेन्द्रको नाममा रहेको जग्गा हाल नेपाल टष्टको नाममा छ । एक सय आठ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा नापजाँंच गर्दा हाल एक सय ६ रोपनीमा सीमित भइसकेको छ ।

पछिल्लो समयमा विभिन्न राजनीतिक दल र विभिन्न संघ संस्थाले आफु अनुकल प्रयोग गर्न पाउने गरी माग गर्न थालेपछि भक्तपर नगरपालिकाले शुक्रबार कार्यक्रमकै आयोजना गरेर सो खाली जग्गामा पर्खाल लगाउने कामको शिलान्यास गरेको छ । अब नगरपालिकाले नगरपालिका क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै जग्गाको चारैतिर पर्खाल लगाउन थालेको हो ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारी तीनकुनेमा रहेको यो जग्गामा फरकफरक राजनीतिक दल र समूहहरुले आआफनो प्रयोजनका लागि जग्गाको माग गर्दै आएका छन् । भक्तपुर नगरपालिका वडा नं १ मा रहेको सो जग्गा नेपाल टष्टसँंग अनुमति लिएरै काम थालेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जग्गाको चारैतिर चार फिटको पर्खाल र त्यसमाथि तीन फिटको जाली राख्ने योजना बनाएको छ । जग्गाको संरक्षण गर्न पूर्व वडाअध्यक्ष लक्ष्मीनारायण राजलवतको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक आठ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा नापजाँंच गर्दा हाल एक सय ६ रोपनीमा सिमित भई अतिक्रमण भएकोले जग्गा मिच्न नदिन पर्खालले घेर्न लागेको जनाए । सार्वजनिक जग्गालाई जोगाउने कर्तव्य स्थानीय सरकारको रहेकोले नेपाल टष्टसँंग स्वीकृति लिई पर्खाल लगाउने काम थालेको उनले जनाए ।

उक्त जग्गालाई भक्तपुरमा प्रभुत्व जमाएको नेपाल मजदुर किसान पार्टीले ख्वप विश्वविद्यालयका लागि पाउनुपर्ने भन्दै निरन्तर माग गर्दै आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने रंगशाला बनाउनुपर्ने माग राख्दै आएको थियो । सो खाली ठाउँलाई कसैले तरकारी बजार, कसैले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बसपार्क, व्यापारिक कम्प्लेक्समा प्रयोग हुनुपर्ने माग राख्दै आएका छन् ।

तर नेपाल टष्टको कार्यालयले भने नेपाल टष्ट ऐन २०६४ अनुसार टष्टको नाममा भएको अचल सम्पति बिक्री वितरण गर्न र भोगाधिकार हस्तान्तरण गर्न नपाइने भन्दै कुनै व्यक्ति तथा संस्थालाई जग्गा उपलव्ध गराउन नसकिने बताउँदै आएको थियो ।

सो जग्गामा मेडिकल कलेजसहित ख्वप विश्वविद्यालय राख्न जग्गाको माग गर्दै आएको नेमकिपाले सो ठाउँंमा ख्वप विश्वविद्यालय स्थापना गर्ने भन्दै डिजाइनसमेत सार्वजनिक गरिसकेको थियो ।

भक्तपुर नगरपालिकाले जग्गाको संरक्षणमा लागेपछि प्रतिस्पर्धी पार्टीहरु भने जग्गा विश्वविद्यालय प्रायोजनकै लागि प्रयोग हुने हो कि भनेर शशंकित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...