सुगतरत्न कंशकारलाई युवाहरुले कार्यकक्षमै दले मोसो
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का युवाहरुले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोसो दलेका छन् ।
नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंशकारलाई कार्यकक्षमै पुगेर शुक्रबार मोसो दलका हुन् ।
शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंशकारलाई मोसो दलेका थिए । पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको संगठनले जनाएको छ ।
प्रतिकृया दिनुहोस