९ घण्टापछि निभाइयो सतुंगलको आगो

Aaglagi 735x400

काठमाडौं । काठमाडौंको सतुंगलमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । चन्द्रागिरि नगरपालिका–१६, सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो बिहान ४ बजे मात्रै निभाइएको छ ।

दीपक कपास उद्योगबाट सुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो । सो आगो नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो ।

काठमाडौं उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो निभाउनका लागि प्रयोग गरिएका थिए । क्षतिका विवरण अहिलेसम्म आएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...