कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने

Loksewa aayog

काठमाडौं । सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ ।

लोक सेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको नगरेको उनको भनाई छ ।

आयोगको वार्षिक पात्रोअनुसार पुस महिनामा नायव सुब्बा पदको पदपूर्तिका लागि महिनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने तयारी भइसकेको उनले बताए । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मंसिरमा मात्र लिइएको थियो ।

आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...